विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
मङ्गलबार, २७ जेठ २०८२, ०७ : ४८
सारांश
- स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच आज अन्तिम एकदिवसीय खेल हुँदैछ। खेल नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ।
- नेपालले यस शृङ्खलामा तीन खेल खेलिसकेको छ, जसमा स्कटल्याण्डलाई जितेको थियो र नेदरल्याण्ड्सलाई पनि एक खेलमा हराएको थियो।
- नेदरल्याण्ड्सले दुई खेल खेल्दा दुवैमा हार बेहोरेको छ। नेपाल र नेदरल्याण्ड्सबीचको ओडिआईमा ६ खेलमा दुवैको ३-३ जित रहेको छ।
काठमाडौँ । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबिच आज अन्तिम एकदिवसीय खेल हुँदैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ।
यस शृङ्खलामा नेपालले तीन खेल खेलेको छ। स्कटल्यान्डविरुद्ध पहिलो खेलमा शानदार जित निकालेको नेपाल आइतबारको खेलमा भने कीर्तिमानी अवसर गुमाउँदै पराजित भएको थियो। नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा भने नेपाल विजयी भएको थियो।
उता नेदरल्याण्ड्सले अहिलेसम्म दुई खेल खेलेको छ र दुबै खेलमा पराजित भएको छ । नेपाल र नेदरल्याण्ड्सबिच अहिलेसम्म ओडिआईमा ६ पटक प्रतिस्पर्धा भएको छ, जसमा दुवैले ३–३ खेल जितेका छन्।
अंकतालिकाको कुरा गर्दा, २२ खेलमा २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेको छ भने नेपालले १५ खेलमा १० अंक जोड्दै सातौँ स्थानमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण