सकियो ‘परदेशी–२’

काठमाडौंँ । फिल्म ‘परदेशी–२’को सुटिङ सकिएको छ । अमेरिकाको छायाँकनसँगै फिल्म सकिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए ।
निर्देशक रायमाझी फिल्म छायाँकनका लागि निर्माण युनिटका केही सदस्य सहित गतसाता अमेरिका उडेका थिए । अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका विभिन्न स्थानमा फिल्मको छायाँकन भएको उनले बताए ।
दिलिप रायमाझी, अमेरिकन कलाकार तारा लिन्हार्ट, लोक गायक प्रेमराजा महत र प्राज्ञी सुनारलगायतको कलाकारको अभिनय अमेरिकामा खिचिएको हो । बिषयबस्तुले अमेरिका छायाँकन मागेकोले आफुले फिल्म अमेरिकामा खिचेको निर्देशक रायमाझीको भनाई रहेको छ ।
अमेरिका अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको कथा उठाएको फिल्म अमेरिका छायाँकन ब्यवस्था कलाकार दीलिप रायमाझीले मिलाएका थिए ।
काठमाडौं, पोखरा, पाल्पा, चितवन लगायत स्थानको छायाँकन पछि अमेरिका पुगेको यो फिल्मको कथा रमेश विजीले लेखेका हुन् । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतको मुख्य भुमिका रहेको छ । फिल्मको प्रदर्शन मिति २०७८ सालको दशैं घोषणा गरिएको छ ।
फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहनेछ ।
रायमाझीले यस अगाडि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पुटिनलाई भने पागल
-
मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना
-
माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
-
त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै