क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

समाचार सारांश
- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट 'मायस्थेनिया ग्राभिस' को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
- डा. विनय ठाकुरको नेतृत्वमा रहेको चिकित्सक टोलीले दाङकी २२ वर्षीया महिलाको पेटमा एउटा सानो प्वाल पारेर दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो।
- शल्यक्रियामा 'नन इन्टुवेटेड' प्रविधि प्रयोग गरिएको थियो, जसले श्वासप्रश्वास नलीमा पाइप राख्नुपर्ने झन्झटबाट मुक्ति दिलायो।
चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।
दाङकी २२ वर्षीया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराएको हो ।
अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो । डा ठाकुरले काठमाडौँमा एक वर्ष अघि रोग पहिचान गरी ती महिलाले औषधिको सेवन गर्दै आउनुभएको जानकारी दिए ।
यसभन्दा अगाडि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप राखेर शल्यक्रिया गर्ने गरेको उल्लेख गर्दै डा ठाकुरले भने, “यसपटक पेटमा एउटा मात्रै प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप नै नराखी शल्यक्रिया गरिएको छ ।” अब यो प्रविधिबाट निरन्तर रूपमा शल्यक्रिया गर्ने उनले बताए । ‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया नेपालमा कम हुने शल्यक्रियामा पर्ने बताउँदै डा ठाकुरले आफूले वार्षिक १० जना हाराहारीमा यस्ता बिरामीको शल्यक्रिया गर्ने गरेको बताए । यो शल्यक्रिया जोखिमपूर्ण मानिन्छ ।
यो रोगका बिरामीको मसल (मांसपेशी) पहिले कमजोर हुने भएकाले डा ठाकुरले त्यसमाथि ‘मसल रिल्याक्सिङ’ औषधि दियो भने शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने बाध्यता हुन सक्ने बताए । उनले भने, “मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेसिया औषधि चलाएपछि पहिले कै अवस्थामा श्वासप्रश्वासले काम गर्छ ।”
अस्पतालका एनेस्थेसियोलोजिस्ट डा रेश्मी थापाले यो शल्यक्रियामा ‘नन इन्टुवेटेड’ प्रविधि प्रयोग गरिएको बताइन् । उनले भनिन्, “विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाइप राखेर बेहोस बनाउने गरिन्थ्यो । पाइपमार्फत मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अङ्गलाई प्यारालाइज गर्दथ्यो ।” ‘मायस्थेनिया ग्राभिस’ का बिरामीलाई यसरी बेहोस बनाउँदा जोखिम झन् बढी हुने डा थापाको भनाइ छ । आधारभूत इनेस्थेसिक औषधिको प्रयोग मात्रै गरेर बिरामीलाई बेहोस बनाइएको उनको भनाइ छ ।
यो रोगले कुनै पनि उमेरका मानिसलाई असर गर्न सक्छ, तर यो रोग २५ वर्षमुनि तथा ६० वर्षभन्दा माथिकामा बढी देखिन्छ । डा ठाकुरले विश्वमा यो रोग एक वर्षमा एक लाख जनामा नयाँ एक जना बिरामी भेटिने बताए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको जानकारी दिए । अस्पतालका अध्यक्ष डा विजय न्यौपानेले यो शल्यक्रियालाई सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
-
युवासंघमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को-को विजयी (नतिजासहित)