आज दुई संसदीय समितिको बैठक बस्दै
सोमबार, १२ जेठ २०८२, ०८ : ०२
सारांश
- सोमबार संघीय संसदका दुई संसदीय समितिको बैठक बस्दैछ।
- अर्थ समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन विधेयकमा छलफल गर्नेछ।
- उद्योग, वाणिज्य तथा श्रम समितिले निकासी पैठारी (नियमन) विधेयकबारे छलफल गर्नेछ।
काठमाडौँ । संघीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिको बैठक आज सोमबार बस्दै छन्। बैठक अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको हुने जनाइएको छ।
अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि तय गरिएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे सरोकारवाला निकाय र विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ।
त्यसअघि बिहान ११ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। उक्त बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण