माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
सोमबार, १२ जेठ २०८२, ०९ : २०
सारांश
- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भयो।
- गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेसपासँग पार्टी एकता र अभियानको समीक्षाबारे छलफल हुनेछ।
- सोमबार बिहान ललितपुरको ग्वार्कोमा एकता घोषणा कार्यक्रम हुनेछ, जसमा प्रचण्ड लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक सुरु भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेसपासँग पार्टी एकताबारे निर्णय, अभियानको समीक्षा, समसामयिक राजनीतिबारे छलफल हुनेछ । सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण