माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
सोमबार, १२ जेठ २०८२, ०९ : २०

समाचार सारांश
- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भयो।
- गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेसपासँग पार्टी एकता र अभियानको समीक्षाबारे छलफल हुनेछ।
- सोमबार बिहान ललितपुरको ग्वार्कोमा एकता घोषणा कार्यक्रम हुनेछ, जसमा प्रचण्ड लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक सुरु भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेसपासँग पार्टी एकताबारे निर्णय, अभियानको समीक्षा, समसामयिक राजनीतिबारे छलफल हुनेछ । सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य