ट्रम्पले पुटिनलाई भने पागल

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको बमबारीको निन्दा गर्दै पुटिनलाई पागलको संज्ञा दिएका छन्।
- ट्रम्पले रुसविरुद्ध थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताए । साथै जेलेन्स्कीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे।
- ट्रम्पले यो युद्धका लागि बाइडेन, पुटिन र जेलेन्स्कीलाई दोष दिए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्ण रूपमा पागल भइसकेको पनि उनले भने । रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको उनले बताएका छन् ।
‘पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध रहँदै आएको छ, तर उनलाई केही भएको छ । उनी पूर्ण रूपमा पागल भएका छन् ! उनी बिना कारण धेरै मानिसहरूलाई मारिरहेका छन्, र म केवल सैनिकहरूको बारेमा कुरा गरिरहेको छैन । युक्रेनी सहरहरूमा बिना कारण मिसाइल र ड्रोनहरू प्रहार गरिँदैछ ।’ पुटिनको बारेमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्र थ सोसल अकाउन्टमा एउटा पोस्टमा लेखेका छन् ।
‘मैले सधैँ भनेको छु कि उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन्, र त्यो सत्य साबित हुन सक्छ, तर यदि उनले त्यसो गरे भने यसले रुसको पतन निम्त्याउनेछ,’ अझ अगाडि ट्रम्पले लेखेका छन् ।
यस क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीलाई पनि निशाना बनाए । उनले भने, ‘राष्ट्रपति जेलेन्स्कीले आफ्नो बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन् । उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छ, मलाई यो मन पर्दैन, र यो बन्द भए राम्रो हुन्थ्यो ।’
यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको मौनताले पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए । आफ्नो पोस्टमा ट्रम्पले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि गाली गरेका छन् । ‘यो त्यस्तो युद्ध हो जुन म राष्ट्रपति भएको भए कहिल्यै सुरु हुने थिएन । यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन । म त केवल एउटा ठुलो संकटको सामना गर्न मद्दत गर्दैछु जुन घोर अक्षमता र घृणाबाट सुरु भएको छ,’ पोष्टमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल कार आक्रमण : भीडभाडमा धेरै मान्छेको हत्या प्रयास गरेको आरोपमा ५३ वर्षीय व्यक्ति पक्राउ
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता