ईयूसँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा बढाउन ट्रम्प सहमत

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) सँगको ट्यारिफ वार्ताका लागि समयसीमा बढाएका छन्, जुन ९ जुलाईसम्म कायम रहनेछ।
- ट्रम्पले ईयूसँगको वार्ताको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै ट्यारिफ ५०% सम्म पुर्याउने चेतावनी दिएका थिए, तर पछि समय बढाउन सहमत भए।
- युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले ट्रम्पसँग 'सकारात्मक फोन वार्ता' भएको बताएपछि यो निर्णय आएको हो।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) सँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा ९ जुलाईसम्म बढाउने सहमति जनाएका छन्।
यो निर्णय युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले आइतबार ट्रम्पसँग ‘सकारात्मक फोन वार्ता’ भएको बताएको केही समयपछि आएको हो।
गत महिना ट्रम्पले अधिकांश युरोपेली सामानहरूमा २०% ट्यारिफ घोषणा गरेका थिए, तर पछि वार्ताका लागि समय दिन भन्दै त्यसलाई १०% मा झारेका थिए र ८ जुलाईसम्मको समय दिएका थिए। शुक्रबार ट्रम्पले ईयूसँगको वार्ताको गति प्रति असन्तुष्टि व्यक्त गर्दै ट्यारिफ ५०% पुर्याउने चेतावनी दिएका थिए।
ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने, "भोन डर लेयेनले मसँग छिट्टै भेटेर केही सहमति गर्ने प्रयास गर्ने बताएकी छन् ।" पछि ट्रुथ सोसलमा उनले लेखे, "समय सीमा बढाउनु मेरो विशेषाधिकार हो।"
भोन डर लेयेनले यसअघि उनी अमेरिका सँग छिटो सहमति गर्न तयार रहेको भनेकी थिइन् । तर राम्रो सम्झौता गर्न ईयूलाई ९ जुलाईसम्म समय चाहिने उनको भनाई थियो ।
शुक्रबार अपराह्न वार्ताको ढिलाइप्रति असन्तुष्टि जनाउँदै ट्रम्प ईयूसँगको वार्ताको केही घण्टाअघि, ट्रम्पले पत्रकारहरूसँग आफूले १ जूनसम्म ईयूबाट अमेरिका पठाइने सबै वस्तुमा ट्यारिफ ५०% पुर्याउने योजना बनाइरहेको भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
-
ट्रम्पले बढाए युरोपसँगको व्यापार वार्ताको समयसीमा
-
पोखरामा प्याराग्लाइडिङको सम्भावना, चुनौती र भविष्य
-
आईपीएलको ‘अरेन्ज’ र ‘पर्पल’ क्यापमा गुजरातका खेलाडीको दबदबा
-
भारतलाई राति भारु ४ मा विद्युत् विक्री गरिरहेका छौँ : हितेन्द्रदेव शाक्य
-
राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउन एमाले जनसंगठनको बैठक च्यासलमा