छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गरिने

राष्ट्रिय जनगणना–२०७८ पछि सबै वडाको प्रोफाइल बन्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले देशका ७५३ स्थानीय तहका छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गर्ने गरी प्रश्नावली तयार गरेपछि वडा प्रोफाइलका लागि उपयोगी हुने भएको हो । मुलुक सङ्घीय व्यवस्थामा गइसकेपछि अहिले भएका सबै वडा नयाँ हुन् । वडाको पूर्ण रूपमा वास्तविक विवरणसहितको तथ्याङ्क अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा असहजता कायम छ ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले विभागले सरकारको नीति निर्माणमा थप टेवा पु¥याउन सबै वडाको प्रोफाइल निर्माण हुने गरी प्रश्नावली तयार गरेको बताए । उनले भने, “सम्बन्धित वडाले चाहेकै जस्तो प्रोफाइल निर्माण नभए पनि वडा कार्यालय सञ्चालनका लागि आवश्यक तथ्य र तथ्याङ्क आउनेछ । वडाको प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बन्नसक्छ भन्ने चित्रण गर्न सकिन्छ ।”
उनका अनुसार आगामी जनगणनाबाट वडाभित्रका जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधाको पहँुच, स्पष्ट रूपमा आउनेछ । बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, गाउँ, टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन, वडामा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाका विवरण आउनेछ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा
-
अमेरिकी दूतावासले भन्यो - एमसीसी पूर्ण कार्यान्वयन हुन्छ
-
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी