हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने माथि मोबिल छ्यापिएको छ । बुधबार दिउँसो ३ः५० बजेको समयमा वडा कार्यालय भित्रै उपमहानगर प्रवक्ता समेत रहेका अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको एक समूहले वडाध्यक्ष न्यौपानेलाई मोबिल छ्यापेको हो । हेटौँडा–१ चाइना क्वाटर भित्र रहेको वडा कार्यालयमा कार्यकक्ष भित्र बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर खुल्न नसकेको २ वटा मोटरसाइकलमा आएका ३/४ जना अपरिचित व्यक्तिहरूले मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरूको खोजिकार्य भइरहेको उनले बताए ।
भूमिहीन सुकुम्बासी सम्बन्धी समस्याका व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण