गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्रासियालाई क्लबमा अनुबन्ध गरेको छ । बासिलोनाले स्पानियोलबाट उनलाई क्लबमा भित्राएको हो । क्याटालोनियाका राष्ट्रिय खेलाडी ग्रासियाले स्पानियोलबाट ५५ खेल खेलेका छन् ।
राष्ट्रिय टोलीमा डेब्यू गरेको पहिलो सिजनमा नै उनी क्याटालन क्लबमा आउन सफल भएका हुन् । २४ वर्षीय ग्रासियाले सन् २०२१ मा सिनियर क्लब फुटबलको सुरुवात गरेका थिए ।
उनको आगमनसँगै बार्सिलोनामा हाल चार गोलरक्षक हुने भएका छन् । बार्सिलोनाले ग्रासियासँग सन् २०३१ सम्मका लागि सम्झौता गरेको छ । यो सिजन च्याम्पियन्स लिग जित्ने योजना बनाएको हान्सी फ्ल्किको बार्सिलोनाले निको विलियम्सलाई पनि अनुबन्ध गर्ने योजना बनाएको छ ।
बार्सिलोनाका वर्तमान गोलरक्षक मार्क आन्द्रेस टेर स्टेगन बार्सिलोनाका कप्तान छन् । ग्रासियालाई भित्र्याए पनि टेर स्टेगनको विषयमा बार्सिलोनाले के गर्छ भन्ने आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । लगभग पूरा सिजन घाइते भएका उनी भर्खरै मैदान फर्किएका छन् ।
टेर स्टेगन घाइते भएपछि पोलिस गोलकिपर वोइचेख स्चेन्स्नीले बार्सिलोनाको पोस्ट सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
-
स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण