अमेरिकी दूतावासले भन्यो - एमसीसी पूर्ण कार्यान्वयन हुन्छ
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई दिएको एमसीसी परियोजना अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ लाई निरन्तरता दिने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले बुधवार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी सरकारले निरन्तरता दिन र पूर्ण कार्यान्वयन गर्ने भएको छ ।
दूतावासको विज्ञप्तिमा भनिएको छ,‘ यद्यपि अमेरिकी विदेशी सहायतामाथिको समीक्षा निरन्तर चलिरहेको छ, सन् २०२५ फेब्रुअरीमा स्टेट सेक्रेटरीले अमेरिकाको विदेशी सहायता ९० दिनलाई स्थगित गर्ने निर्णयमा एमसीसी नेपाल कम्प्याक्टका लागि भने विशेष छुट दिने प्रस्तावलाई स्वीकृत गर्नुभएको थियो। सोही छुटअनुसार एमसीसी नेपाल कम्प्याक्टलाई पूर्ण कार्यान्वयनसहित निरन्तर रहने अधिकारप्राप्त भएको छ।’
दूतावासले एमसीसी र नेपालस्थित अमेरिकी नियोगले समीक्षाको रचनात्मक समर्थनमा सरोकारवालासँग निरन्तर छलफल गरिरहेको पनि उल्लेख गरेको छ । यस सम्झौताका सम्भावित नयाँ प्रावधानहरूसहित यसअन्तर्गत भइरहेका कार्यहरू अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मिल्दोजुल्दो छन् भनी सुनिश्चित गर्न र पारदर्शिता, सुदृढ शासन, प्रभावकारी वितरण र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न एमसीसीले अर्थ मन्त्रालय र एमसीए नेपालसँग निकटमा रहेर काम गरिरहेको दूतावासले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका समृद्धिको प्रवर्द्धन र दीर्घकालीन आर्थिक दिगोपनाबाट नेपाली जनतालाई सहयोग गर्न र आफ्नो नेपालसँगको द्विपक्षीय सम्बन्धप्रति प्रतिबद्ध छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण