नयाँ सरकार गठनबारे काँग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आगामी रणनीतिबारे शनिबार दिउँसो काँग्रेसले आन्तरिक छलफल गर्न लागेको काँग्रेसका गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले रातोपाटीलाई जानकारी दिए ।
नयाँ सरकार निर्माण लागि आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान गरिएको छ । यस विषयमा छलफल गर्न शनिबार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक गर्दै छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी बनेको छ ।
उनीहरुसँग बहुमत देखिएकाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै देखिएको छ । काँग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।
२ बैशाखमा गण्डकीमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यद्वारा हस्ताक्षर गरिएको अविश्वासको प्रस्तावमा नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तावित गरिएको छ ।
तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरे पनि प्रस्तावको पक्षमै मतदान गर्ने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण