राजेन्द्र महतो भन्छन्, ‘सरकारसँग विश्वासकाे वातावरण बन्यो’
सरकारले जनता समाजवादी पार्टी नेपालको माग अनुसार केही मुद्दा फिर्ता लिएपछि पार्टी सरकारसँग विश्वासको वातावरण तयार भएको पार्टी वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् ।
‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ ।’
तर सोही पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले भने आफूहरुले सरकारसँग पाँचवटा माग राखेको र सो माग पुरा भएपछि मात्र सत्तासमीकरणको बारेमा छलफल गर्ने बताए । मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा छलफल गर्ने उनले बताए ।
‘अहिले जति जनाको मुद्दा फिर्ता गरेको छ । त्यसका लागि सरकारलाई धन्यवाद । यो राम्रो सुरुवात हो, यसलाई जसपा नेपाल स्वागत गर्दछ तर अहिले नै सरकारलाई समर्थन गर्ने अवस्था रहेको छैन,’ उनले भने । उनले नेकपा एमालेसँग मात्र होइन, अन्य दलसँग पनि सत्ता सहकार्यको बारेमा अहिले कुनै कुरा नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
