लुम्बिनीमा गुन्डाराज जस्तै भयोः माओवादी प्रमुख सचेतक

माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगरले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति र सपथ ग्रहणलाई संस्कारबिहीन राजनीतिको संज्ञा दिएका छन् ।
उनले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको दावी गर्दै जवरजस्ती पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर शपथ दिलाउने काम प्रदेश प्रमुखले गरेको आरोप लगाए ।
उनले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरितको कदम भएको दावी गर्दै यसको प्रतिरोध कानुनी र राजनिति दुवै हिसावले गर्ने बताए ।
उनले यो संसद सरकारले बोलाएको नभई प्रदेशका एक चौथाई सांसदहरु बोलाएकाले सरकारले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न नपाउने पनि बताए । लुम्बिनी प्रदेशमा आइतबार जबरजस्तीलाई गुन्डाराजको जस्तै भएको संज्ञा दिँदै उनले यसको कडा प्रतिरोध गरिने बताए ।
विपक्षी गठबन्धनले बहुमत सांसद संख्या पुर्याएर ४२ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष गरेको सिफारिसलाई लत्याउँदै अल्पमतमा रहेका पोखरेललाई जवरजस्ती मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले बदमासी गरेको पनि उनले बताए । उनले गठबन्धनका दलहरुसंग बसेर राजनीतिक र कानुनी उपचारको खोजी गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड- माधव नेपालबिच भेटवार्ता, विपक्षीको बैठक बस्दै
-
बाबुराम भट्टराईको दाबी – आगामी निर्वाचन उथलपुथल हुनेछ, कांग्रेस, एमाले र माओवादी नाङ्गिने छन्
-
तुइनमुक्त कर्णाली नीति : नयाँ आर्थिक वर्ष सुरु नहुँदै कार्यान्वयन गर्न मागियो विवरण
-
काँठ क्षेत्रमा रोपाइँ सुरु, तस्बिरहरू
-
वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस
-
यु–१६ क्रिकेटका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान