वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट २०७८ असार १० गते न्याय परिषद् सदस्य नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल आगामी असार ९ गते सकिँदै छ । भण्डारी पदावधि सकिएर अवकाश हुन लागेपछि रिक्त ठाउँमा प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिस गरेका हुन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नेपाल न्याय परिषद् सदस्यमा नियुक्त हुनेछन् । न्याय परिषद् सदस्यको कार्यकाल ४ वर्षको हुन्छ ।
नेपाल ओलीनिकट कानुन व्यवसायी हुन् । संविधानको धारा १५३ अनुसार न्याय परिषद्मा प्रधानन्यायाधीशको अध्यक्षतामा ५ सदस्य हुन्छन् ।
कानुन मन्त्री र सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सदस्यका रूपमा सदस्य रहनेमा बाँकी दुईमध्ये एक कानुनविद् प्रधानमन्त्रीको सिफारिसमा र अर्का नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण