राजनीति
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
बिहीबार, २९ जेठ २०८२, १४ : ४७

समाचार सारांश
- भिजिट भिसा प्रकरणमा संसद् खुलाउने विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भयो।
- विपक्षी दलहरूले छानबिन समितिको माग गर्दै जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन्।
- दुई दलका नेताहरूबीचको छलफलपछि विपक्षी दल र सत्तारुढ दलको बैठक बस्ने तयारी छ, जसले संसद् खुलाउने प्रयास गर्नेछन्।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद् खुलाउने विषयमा दुई दलका शीर्ष नेताबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।
गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विपक्षीले संसद् बैठक अवरोध गर्दै आएका छन् ।
दुई नेताको छलफल सकिए लगत्तै संसद्का विपक्षी दलको बैठक बस्न लागेको छ । त्यसपछि विपक्षी र सत्तारुढ दलको बैठक बस्ने तयारी छ । दलहरूबिच सहमति जुटाएर आजबाट संसद्को अवरोध खुलाउन दलका नेताहरू लागेका हुन् । आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’
-
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
-
संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा
-
अहमदवादमा भएको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त
-
वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानकाे उपाय खोज्न तीन मन्त्री सम्मिलित समिति
-
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस