राजनीति
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
बिहीबार, २९ जेठ २०८२, १४ : ४७
सारांश
- भिजिट भिसा प्रकरणमा संसद् खुलाउने विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भयो।
- विपक्षी दलहरूले छानबिन समितिको माग गर्दै जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन्।
- दुई दलका नेताहरूबीचको छलफलपछि विपक्षी दल र सत्तारुढ दलको बैठक बस्ने तयारी छ, जसले संसद् खुलाउने प्रयास गर्नेछन्।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद् खुलाउने विषयमा दुई दलका शीर्ष नेताबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।
गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विपक्षीले संसद् बैठक अवरोध गर्दै आएका छन् ।
दुई नेताको छलफल सकिए लगत्तै संसद्का विपक्षी दलको बैठक बस्न लागेको छ । त्यसपछि विपक्षी र सत्तारुढ दलको बैठक बस्ने तयारी छ । दलहरूबिच सहमति जुटाएर आजबाट संसद्को अवरोध खुलाउन दलका नेताहरू लागेका हुन् । आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण