कर्णालीमा प्राविधिक शिक्षाको अवस्था कमजोर छ : मन्त्री भण्डारी
सारांश
- कर्णालीका सामाजिक विकास मन्त्रीले प्रदेशमा प्राविधिक शिक्षाको अवस्था कमजोर रहेको बताए।
- मन्त्रीले प्राविधिक शिक्षालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको र केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिएको गुनासो गरे।
- सरकार प्राविधिक शिक्षालयको गुणस्तर सुधार गर्न र स्तर निर्धारणको काम अघि बढाउन तयार रहेको छ।
सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा प्राविधिक शिक्षाको अवस्था कमजोर रहेको बताएका छन् । सरकारको उद्देश्य हरेक पालिकामा प्राविधिक शिक्षा पुर्याउने भए पनि भएका प्राविधिक शिक्षालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको उनले बताए ।
‘प्राविधिक शिक्षालय भनियो तर काम शून्य भयो,’बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने,’ हामीसँग भएका प्राविधिक शिक्षालयको गुणस्तरमा ध्यान दिनुपर्ने देखिन्छ ।’
संवैधानिक रूपमा प्राविधिक शिक्षाको विषय प्रदेश सरकारलाई छ तर केन्द्र सरकारले अहिलेसम्म प्रदेशलाई अधिकार नदिएका पनि उनले बताए । प्राविधिक शिक्षालयहरू पनि ‘दिनकाम नभई मनकाम’ भन्ने तरिकाले अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले मौलिक हकमा स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखिए पनि गुणस्तरीयतामा ध्यान दिन नसकिएको बताए ।
रोजगारसहितको शिक्षा होस् भन्ने उद्देश्यले प्राविधिक शिक्षाको अवधारणा ल्याएपनि त्यो अनुसार काम हुन नसकेको उनले बताए ।
कर्णालीका भएका प्राविधिक शिक्षालयलाई नीति, विधि बनाउने कुरामा सरकार तयार रहेको पनि उनले बताए । देशभर एक हजार १८२ वटा प्राविधिक धारका शैक्षिक संस्थाहरू रहेका छन् ।
अहिले ती शैक्षिक संस्थाहरूमा गुणस्तरीयता कायम गर्न स्तर निर्धारणको काम अघि बढेको छ । शिक्षण संस्थाहरूलाई मापदण्ड पुरा गरी गुणस्तर शिक्षा तथा तालिम प्रदान गर्ने संस्थाको रूपमा पहिचान गर्न र विश्वासिलो बनाउन स्तर निर्धारणको कार्य सुरु भएको क्वालिटी परियोजनाका उपनिर्देशक खेमराज पोख्रेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण