शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

कर्णालीमा प्राविधिक शिक्षाको अवस्था कमजोर छ : मन्त्री भण्डारी

बिहीबार, २९ जेठ २०८२, १४ : १९
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • कर्णालीका सामाजिक विकास मन्त्रीले प्रदेशमा प्राविधिक शिक्षाको अवस्था कमजोर रहेको बताए।
  • मन्त्रीले प्राविधिक शिक्षालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको र केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिएको गुनासो गरे।
  • सरकार प्राविधिक शिक्षालयको गुणस्तर सुधार गर्न र स्तर निर्धारणको काम अघि बढाउन तयार रहेको छ।

सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा प्राविधिक शिक्षाको अवस्था कमजोर रहेको बताएका छन् । सरकारको उद्देश्य हरेक पालिकामा प्राविधिक शिक्षा पुर्‍याउने भए पनि भएका प्राविधिक शिक्षालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको उनले बताए ।

‘प्राविधिक शिक्षालय भनियो तर काम शून्य भयो,’बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने,’ हामीसँग भएका प्राविधिक शिक्षालयको गुणस्तरमा ध्यान दिनुपर्ने देखिन्छ ।’‎

‎संवैधानिक रूपमा प्राविधिक शिक्षाको विषय प्रदेश सरकारलाई छ तर केन्द्र सरकारले अहिलेसम्म प्रदेशलाई अधिकार नदिएका पनि उनले बताए । ‎‎प्राविधिक शिक्षालयहरू पनि ‘दिनकाम नभई मनकाम’ भन्ने तरिकाले अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

‎‎सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले मौलिक हकमा स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखिए पनि गुणस्तरीयतामा ध्यान दिन नसकिएको बताए । 

‎‎रोजगारसहितको शिक्षा होस् भन्ने उद्देश्यले प्राविधिक शिक्षाको अवधारणा ल्याएपनि त्यो अनुसार काम हुन नसकेको उनले बताए ।‎

‎कर्णालीका भएका प्राविधिक शिक्षालयलाई नीति, विधि बनाउने कुरामा सरकार तयार रहेको पनि उनले बताए । देशभर एक हजार १८२ वटा प्राविधिक धारका शैक्षिक संस्थाहरू रहेका छन् । 

अहिले ती शैक्षिक संस्थाहरूमा गुणस्तरीयता कायम गर्न स्तर निर्धारणको काम अघि बढेको छ । शिक्षण संस्थाहरूलाई मापदण्ड पुरा गरी गुणस्तर शिक्षा तथा तालिम प्रदान गर्ने संस्थाको रूपमा पहिचान गर्न र विश्वासिलो बनाउन स्तर निर्धारणको कार्य सुरु भएको क्वालिटी परियोजनाका उपनिर्देशक खेमराज पोख्रेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप