राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते
सारांश
- दक्षिण भारतीय फिल्म 'द इन्डिया हाउस'को सेटमा पानीको ट्याङ्की फुटेर दुर्घटना हुँदा छायाङ्कन रोकियो, चालक दलका सदस्यहरू घाइते भए।
- हैदराबादको शमशाबादमा छायाङ्कनका क्रममा पानीको ट्याङ्की फुट्दा बाढी आयो, एक सहायक क्यामेराम्यान गम्भीर घाइते, र अन्य सदस्यहरूले ज्यान बचाए।
- 'द इन्डिया हाउस' राम चरणको पहिलो निर्माण हो, जसमा निखिल सिद्धार्थ र साई मांजरेकर मुख्य भूमिकामा छन्, र यो देशभक्तिपूर्ण कथामा आधारित छ।
नयाँदिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरणको आगामी फिल्म ‘द इन्डिया हाउस’को सेटमा एउटा भयानक दुर्घटना भएको छ । यसका कारण फिल्मको छायाङ्कन अचानक रोकिएको छ ।
हैदरावादको शमशाबाद क्षेत्रमा छायाङ्कनका क्रममा पानीको ट्याङ्की फुटेको थियो । यसले गर्दा बाढी जस्तो अवस्था सिर्जना भयो, सेटमा उपस्थित चालक दलका सदस्यहरू र सहायक छायाङ्कनकर्ताहरू घाइते भएका छन् । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा पानीको तीव्र धारले सेटमा रहेका सामान र मानिसहरूलाई बगाएको देख्न सकिन्छ ।
फिल्मको एक्सन दृश्य समुन्द्र किनारमा छायाङ्कन भइरहेको थियो, त्यतिबेला अचानक पानीको ट्याङ्की फुट्यो । पानीको चाप यति धेरै थियो कि सम्पूर्ण सेट डुबानमा पर्याे र बाढी जस्तो अवस्था सिर्जना भयो । यस घटनामा एक जना सहायक क्यामेराम्यान गम्भीर घाइते भएका छन् भने अन्य चालक दलका सदस्यहरूले आफ्नो ज्यान बचाए ।
सबै घाइतेहरूलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको बताइएको छ । हाल सुरक्षाका कारणले गर्दा फिल्मको छायाङ्कन पूर्ण रूपमा रोकिएको छ ।
दुर्घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । भिडियो सेट पानीमा डुबेको र तीव्र पानीको बहावका कारण कति ठुलो क्षति भएको स्पष्ट देखिन्छ ।
यद्यपि, दुर्घटनाको समयमा मुख्य अभिनेता निखिल सिद्धार्थ त्यहाँ उपस्थित थिए कि थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन । अर्कोतर्फ, शमशाबाद प्रहरीलाई घटनाबारे जानकारी दिइएको छैन । त्यसैले प्रहरीले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।
राम चरणको पहिलो प्रडक्शन फिल्म
द इन्डिया हाउस राम चरणद्वारा निर्मित पहिलो फिल्म हो ।स्वतन्त्रता सेनानी वीर सावरकरको १४० औँ जन्मजयन्तीको अवसरमा २०२३ मा यस फिल्मको घोषणा गरिएको थियो । यो फिल्म रामवंशी कृष्णद्वारा निर्देशित छ ।
कृष्णा यस फिल्मबाट निर्देशकको रूपमा डेब्यू गर्दैछन् । पीरियड ड्रामामा निखिल सिद्धार्थ र साई मांजरेकर मुख्य भूमिकामा छन् । अनुभवी अभिनेता अनुपम खेर पनि फिल्ममा छन् । यो कथा देशभक्ति र स्वतन्त्रताको सङ्घर्षसँग सम्बन्धित रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण