शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ  घाइते

बिहीबार, २९ जेठ २०८२, १२ : ०९
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • दक्षिण भारतीय फिल्म 'द इन्डिया हाउस'को सेटमा पानीको ट्याङ्की फुटेर दुर्घटना हुँदा छायाङ्कन रोकियो, चालक दलका सदस्यहरू घाइते भए।
  • हैदराबादको शमशाबादमा छायाङ्कनका क्रममा पानीको ट्याङ्की फुट्दा बाढी आयो, एक सहायक क्यामेराम्यान गम्भीर घाइते, र अन्य सदस्यहरूले ज्यान बचाए।
  • 'द इन्डिया हाउस' राम चरणको पहिलो निर्माण हो, जसमा निखिल सिद्धार्थ र साई मांजरेकर मुख्य भूमिकामा छन्, र यो देशभक्तिपूर्ण कथामा आधारित छ।

नयाँदिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरणको आगामी फिल्म ‘द इन्डिया हाउस’को सेटमा एउटा भयानक दुर्घटना भएको छ । यसका कारण फिल्मको छायाङ्कन अचानक रोकिएको छ ।

हैदरावादको शमशाबाद क्षेत्रमा छायाङ्कनका क्रममा पानीको ट्याङ्की फुटेको थियो । यसले गर्दा बाढी जस्तो अवस्था सिर्जना भयो, सेटमा उपस्थित चालक दलका सदस्यहरू र सहायक छायाङ्कनकर्ताहरू घाइते भएका छन् । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा पानीको तीव्र धारले सेटमा रहेका सामान र मानिसहरूलाई बगाएको देख्न सकिन्छ । 

फिल्मको एक्सन दृश्य समुन्द्र किनारमा छायाङ्कन भइरहेको थियो, त्यतिबेला अचानक पानीको ट्याङ्की फुट्यो । पानीको चाप यति धेरै थियो कि सम्पूर्ण सेट डुबानमा पर्याे र बाढी जस्तो अवस्था सिर्जना भयो । यस घटनामा एक जना सहायक क्यामेराम्यान गम्भीर घाइते भएका छन् भने अन्य चालक दलका सदस्यहरूले आफ्नो ज्यान बचाए ।

सबै घाइतेहरूलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको बताइएको छ । हाल सुरक्षाका कारणले गर्दा फिल्मको छायाङ्कन पूर्ण रूपमा रोकिएको छ । 

दुर्घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । भिडियो सेट पानीमा डुबेको र तीव्र पानीको बहावका कारण कति ठुलो क्षति भएको स्पष्ट देखिन्छ ।

यद्यपि, दुर्घटनाको समयमा मुख्य अभिनेता निखिल सिद्धार्थ त्यहाँ उपस्थित थिए कि थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन । अर्कोतर्फ, शमशाबाद प्रहरीलाई घटनाबारे जानकारी दिइएको छैन । त्यसैले प्रहरीले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन । 

राम चरणको पहिलो प्रडक्शन फिल्म

द इन्डिया हाउस राम चरणद्वारा निर्मित पहिलो फिल्म हो ।स्वतन्त्रता सेनानी वीर सावरकरको १४० औँ जन्मजयन्तीको अवसरमा २०२३ मा यस फिल्मको घोषणा गरिएको थियो । यो फिल्म रामवंशी कृष्णद्वारा निर्देशित छ ।

कृष्णा यस फिल्मबाट निर्देशकको रूपमा डेब्यू गर्दैछन् । पीरियड ड्रामामा निखिल सिद्धार्थ र साई मांजरेकर मुख्य भूमिकामा छन् । अनुभवी अभिनेता अनुपम खेर पनि फिल्ममा छन् । यो कथा देशभक्ति र स्वतन्त्रताको सङ्घर्षसँग सम्बन्धित रहेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप