हुन्डीको रकमसहित क्षेत्रपाटीबाट दुई जना पक्राउ
बिहीबार, २९ जेठ २०८२, १३ : २७

समाचार सारांश
- काठमाडौंको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट र ओखलढुंगाका व्यक्तिहरू छन्।
- पक्राउ परेका व्यक्तिहरुको साथबाट ३९ लाख ९९ हजार ४ सय रुपैयाँ बरामद गरिएको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूको साथबाट ३९ लाख ९९ हजार ४ सय रुपैयाँसमेत बरामद गरेको छ । एसपी काजीकुमार आचार्यले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रेन्टफोर्डका थोमस फ्राङ्क बने टोटनह्यामको नयाँ म्यानेजर
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
-
नेसपा (नयाँ शक्ति) को निष्कर्ष : भ्रष्टीकृत पुराना सत्तासीन दलहरूका कारण वैकल्पिक शक्ति अनिवार्य (कार्यपत्रसहित)
-
गृह र श्रम मन्त्रालयसँगको समन्वयमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा अध्ययन भइरहेको छः राणा
-
इजरायली आक्रमणमा इरानका कम्तीमा ६ आणविक वैज्ञानिकको मृत्यु
-
तत्काल फाइभजी सम्भव छैन : एनसेल