बाबुराम भट्टराईको दाबी – आगामी निर्वाचन उथलपुथल हुनेछ, कांग्रेस, एमाले र माओवादी नाङ्गिने छन्
बिहीबार, २९ जेठ २०८२, १४ : ४६
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचन उथलपुथल हुने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका कारण झन् नाङ्गिएर जाने दाबी गरेका हुन् ।
‘आगामी वर्ष उथलपुथलको वर्ष हुने नै छन् । पुराना दलहरू आ–आफ्ना खुट्टा तानातान गरेका छन् । पोल खोलाखोल गरिराखेका छन् । आगामी दिनमा त्यो झन् बढ्दै जानेछ । मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढी नाङ्गिने छ । त्यसअर्थमा यो वृहत् नयाँ वैकल्पिक शक्तिहरू ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ भन्ने मेरो विश्वास छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण