पत्रकार महासंघ उपत्यका प्रदेशको कोभिड राहत कोषमा रकम जम्मा हुन थाल्यो

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको ‘उपत्यका प्रदेश कोभिड राहत कोष’मा रकम जम्मा हुन थालेको छ । कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय गर्न सो राहत कोष बनाइएको थियो ।
कोषमा हालसम्म रु १ लाख १८ हजार रुपैयाँ जम्मा भएको महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष तथा राहत कोषका संयोजक अर्जुन पन्तले जानकारी दिए ।
उनका अनुसार कोषमा अध्यक्ष श्रीजन झाले ५ हजार रुपैयाँ सहयोग गरेका छन् भने उपाध्यक्ष वीरबहादुर लामाले १० हजार, महासचिव टेनिस रोकाले ५ हजार सचिव रोशनराज पाण्डेले १० हजार सहयोग गरेका छन् । कोषाध्यक्ष तथा कोषका संयोजक पन्तले ५ हजार रुपैयाँ सहयोग गरेका छन् भने कार्यसमिति सदस्य अर्जुन बहादुर तामाङले ५ हजार सहयोग गरेका छन् ।
यसैगरी कोषमा काठमाडौ अध्यक्ष सूर्य सुवेदीले १० हजार र केटीएम दैनिकी सम्पादक निशा ओलीले ५ हजार रुपैयाँका साथै काठमाडौ कार्यसमिति सदस्य शैलेश डंगोलले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रदेश समितिको बैठकको निर्णयअनुसार कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर संक्रमण भइ अस्पताल भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने संयोजक पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
-
युवासंघमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को-को विजयी (नतिजासहित)