राजनीति
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
मङ्गलबार, १३ जेठ २०८२, १० : २६
सारांश
- डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई निरंकुशताको सुरुवात भनेका छन्।
- विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।
- उनले कांग्रेस बैठकमा ओलीको अभिव्यक्तिबारे छलफल हुनुको साटो आफ्नो बारेमा चर्चा भएकोमा असन्तुष्टि जनाए।
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताकाे सुरुवात भएको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले 'जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ' भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए ।
`मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीकाे बाेलीबारे छलफल हुन्छ । तर, मेराेबारे छलफल भएर मलाई खुसी लाग्यो,´ उनले भने, `पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण