राजनीति
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
मङ्गलबार, १३ जेठ २०८२, १० : २६

समाचार सारांश
- डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई निरंकुशताको सुरुवात भनेका छन्।
- विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।
- उनले कांग्रेस बैठकमा ओलीको अभिव्यक्तिबारे छलफल हुनुको साटो आफ्नो बारेमा चर्चा भएकोमा असन्तुष्टि जनाए।
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताकाे सुरुवात भएको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले 'जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ' भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए ।
`मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीकाे बाेलीबारे छलफल हुन्छ । तर, मेराेबारे छलफल भएर मलाई खुसी लाग्यो,´ उनले भने, `पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य