चीनको रासायनिक कारखानामा भएको विस्फोट, ५ जनाको मृत्यु, छ जना बेपत्ता
मङ्गलबार, १३ जेठ २०८२, २१ : ०१

काठमाडाैँ । पूर्वी चीनको एक विशाल रासायनिक कारखानामा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु र १९ जना घाइते भएको सरकारी मिडियाहरूले जनाएका छन्।
शान्डोङ प्रान्तको वेइफाङ सहरमा रहेको शान्डोङ योडाओ केमिकल कम्पनीको कारखानामा मंगलबार बिहानको अन्त्यतिर विस्फोट भएको हो। छ जना अझै बेपत्ता रहेको चीनको सरकारी टेलिभिजन सीसीटीभी र समाचार संस्था सिन्ह्वाले जानकारी दिएका छन्।
उक्त कारखाना एक औद्योगिक पार्कभित्र रहेको छ, जहाँ कीटनाशक र औषधि उद्योगमा प्रयोग हुने रासायनिक तत्त्वहरू उत्पादन गरिन्छ। सीसीटीभीका अनुसार, विस्फोटपछि लागेको आगो नियन्त्रण गर्न ठुलो मात्रामा उद्धार टोली खटाइएको छ। २३० भन्दा बढी उद्धारकर्मी घटनास्थलमा पठाइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण
-
लिभरपुल कार आक्रमण : भीडभाडमा धेरै मान्छेको हत्या प्रयास गरेको आरोपमा ५३ वर्षीय व्यक्ति पक्राउ
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण