चीनको रासायनिक कारखानामा भएको विस्फोट, ५ जनाको मृत्यु, छ जना बेपत्ता
मङ्गलबार, १३ जेठ २०८२, २१ : ०१
काठमाडाैँ । पूर्वी चीनको एक विशाल रासायनिक कारखानामा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु र १९ जना घाइते भएको सरकारी मिडियाहरूले जनाएका छन्।
शान्डोङ प्रान्तको वेइफाङ सहरमा रहेको शान्डोङ योडाओ केमिकल कम्पनीको कारखानामा मंगलबार बिहानको अन्त्यतिर विस्फोट भएको हो। छ जना अझै बेपत्ता रहेको चीनको सरकारी टेलिभिजन सीसीटीभी र समाचार संस्था सिन्ह्वाले जानकारी दिएका छन्।
उक्त कारखाना एक औद्योगिक पार्कभित्र रहेको छ, जहाँ कीटनाशक र औषधि उद्योगमा प्रयोग हुने रासायनिक तत्त्वहरू उत्पादन गरिन्छ। सीसीटीभीका अनुसार, विस्फोटपछि लागेको आगो नियन्त्रण गर्न ठुलो मात्रामा उद्धार टोली खटाइएको छ। २३० भन्दा बढी उद्धारकर्मी घटनास्थलमा पठाइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण