कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
काठमाडौँ । सहिद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवस प्रेस सेन्टर नेपालले विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ ।
सेन्टरको केन्द्रीय समितिको आयोजना, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश समितिको सहभागितामा मंगलबार काठमाडौँमा ‘महान् सहिद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवस’ कार्यक्रम मनाइएको हो ।
दुई चरणमा भएको कार्यक्रमको पहिलो चरणमा सेनको बारेमा प्रेस सेन्टर नेपालले तयार पारेको श्रव्यदृष्य सामाग्री प्रशारण गरिएको थियो ।
दोस्रो चरणमा पिसिएन संवाद भयो । पिसिएन संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’बारे संवाद गरिएको थियो ।
पिसिएन संवादको ‘गणतन्त्र र समाजवादको यात्रा’मा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, राष्ट्रिय सभा सदस्य, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा आदिवासीजनजाति संयुक्त मोर्चा, नेपालका अध्यक्ष सुरेश आलेमगर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दलजित श्रीपाइली, मधेस प्रदेशका प्रदेशसभा सदस्य रहबर अन्सारी र धादिङको बेनिघाट रोराहाङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया लगायत सहभागी थिए ।
संवादको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोशन पुरीले गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कारको घोषणा समेत गरेको छ । पुरस्कार छनौट सिफारिस समितिको सिफारिस बमोजिम कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार नरेन्द्रजंग पिटर, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा रेडियो नेपालमा कार्यरत रुबी श्रेष्ठ र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट नयाँ पत्रिकामा कार्यरत मनि विश्वकर्मा छनौट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण