बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।
बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिरहेका छन् । छिट्टै अधिवेशन बोलाउने तयारी भए पनि मिति भने तय भइनसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
विपक्षी दलले सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुपर्नेहुन्छ । तर, अहिलेसम्म अधिवेशन आह्वान नहुँदा अध्यादेशमार्फत बजेट ल्याउन खोजेको आशंका गरिन थालिएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेमा सरकारले पूर्ण बजेट ल्याउन नसक्ने विपक्षी दलको भनाइ छ । गत २७ वैशाखमा संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेका ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
संविधानको धारा ७६ को उपधारा ३ नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । एक महिनाभित्र विश्वासको मत लिन नसके राष्ट्रपतिले बहुमत पु–याउन सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण