ओलीलाई ठाकुरको आग्रह : पार्टी विभाजनमा सहयोग चाहियो
जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्यक्ष ठाकुरले पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने भएकाले त्यसलाई चाँडै टुंगो लगाएर मात्र सहभागी हुने स्पष्ट पारेका छन् ।
त्यसका लागि केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनेले मात्र पार्टीको आधिकारिकता पाउने राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधनका लागि आग्रह गरेको स्रोतले जनाएको छ । अध्यक्ष ठाकुरसँग केन्द्रीय समिति तथा कार्यकारिणी समितिमा ४० प्रतिशत बहुमत पुग्दैन । त्यो बहुमत नपुगेको कारण पार्टी अलग गर्न नसकिरहेको कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेको बताइएको छ ।
ऐन संशोधनदेखि लिएर अन्य के सहयोग हुन सक्छ, त्यसमा सहयोग गर्न आग्रह गरिएको स्रोतले जनाएको छ । सरकारमा सहभागी भए पार्टीको सदस्य स्वतः रद्द हुने निर्णय कार्यकारिणी समितिको बैठकले गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले बसाएको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने नेता तथा कार्यकर्ताको पार्टी सदस्यता स्वतः रद्द हुने निर्णय गराएका थिए । त्यसको डरले पनि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु सरकारमा जान चाहेका छैनन् ।
जसपाका अध्यक्ष ठाकुरले कार्यकारिणी समिति तथा केन्द्रीय समितिमा आफ्नो बहुमत पुर्याउने प्रयासमा पनि छन् । तर, उनले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन् ।
एकले अर्को पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि त्यसभन्दा अगाडि बढ्न दुबै पक्ष सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण