महन्थ ठाकुरसहित चार नेतालाई निष्काशन गरेकोसम्बन्धी आयोगमा पठाइएको पत्रमा के छ ? (पत्रसहित)

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण समेत सदस्यबाट हटाएको भन्दै त्यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।
अध्यक्ष यादवले आज निर्वाचन आयोग गएर पत्र दर्ता गराएका हुन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते सम्पन्न भएको र सो बैठकले पार्टी अनुशासन सम्बन्धी कारवाही बारे निर्णय गरेको उल्लेख गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ठाकुर, महतो, शुक्ल र कर्णले पार्टी विधान, नीति र निर्णयहरूको विपरित कार्य गरिरहेको सन्दर्भमा जेठ ९ गते बसेको बैठकले स्पष्टीकरण सोधेको र त्यसको जवाफ नदिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३, पार्टीको अन्तरिम विधान २०७७ अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
पार्टी दर्ताको किताबबाट उनीहरुको नाम हटाउन पनि आयोगलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहेत्तर सम्बन्धका कारण बागबजारमा महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ
-
'गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम बन्यो'
-
नेप्सेले माग्यो सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण
-
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि–२० सिरिजका लागि नेपाली टिमको बिदाइ (तस्बिरहरु)