महन्थ ठाकुरसहित चार नेतालाई निष्काशन गरेकोसम्बन्धी आयोगमा पठाइएको पत्रमा के छ ? (पत्रसहित)
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण समेत सदस्यबाट हटाएको भन्दै त्यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।
अध्यक्ष यादवले आज निर्वाचन आयोग गएर पत्र दर्ता गराएका हुन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते सम्पन्न भएको र सो बैठकले पार्टी अनुशासन सम्बन्धी कारवाही बारे निर्णय गरेको उल्लेख गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ठाकुर, महतो, शुक्ल र कर्णले पार्टी विधान, नीति र निर्णयहरूको विपरित कार्य गरिरहेको सन्दर्भमा जेठ ९ गते बसेको बैठकले स्पष्टीकरण सोधेको र त्यसको जवाफ नदिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३, पार्टीको अन्तरिम विधान २०७७ अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
पार्टी दर्ताको किताबबाट उनीहरुको नाम हटाउन पनि आयोगलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
