ठाकुर पक्षको काउन्टर कारवाही : उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित
मङ्गलबार, १८ जेठ २०७८, १६ : ३३

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।
बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइसराइ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ
-
वर्डफ्लुका कारण बाघिनीको मृत्युपछि यूपीमा ७ दिनका लागि चिडियाखाना बन्द
-
प्रेस चौतारीको प्रशिक्षण वर्ष–२०८२ को लोगो सार्वजनिक
-
साउदीबाट कतार पुगे ट्रम्प
-
बजाजको नयाँवर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा
-
सरकारले नियमित प्रक्रियाबाट अगाडि बढायो भूमिसम्बन्धी विधेयक