बाढीले बगाउँदा एक जना बेपत्ता

बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।
सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए ।
योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता भएको थापाले जानकारी दिए ।
स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको शव खोजी गरिरहेका छन् । घटना बिहान ११ बजे घटेलगत्तै खोजीकार्य जारी राखेको र उक्त खोला मिसिएको अर्को खोला छामघाटमा समेतमा बिहानदेखि बगरैबगर हिँड्दा पनि कुनै अत्तोपत्तो नलागेको गणेश थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको बताए । खोलामा बाढी एक्कासी आउँदा भरिरहेको जाली जोगाउन खोज्दा केशव बेपत्ता भएको उनले बताए ।
प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेका छन् । प्रदेश सरकारको रु १२ लाख रकममा पोडिगाड खोला तटबन्ध तथा सिँचाइ योजनाको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
-
रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’
-
सिटी छाडेर नापोली पुगे डी ब्रुयना
-
मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु
-
व्यवसायीले गरेनन् भारतले दिएको कोटाबापतको गहुँ आयात
-
टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई १–१ करोड रुपैयाँ दिने