शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त

बिहीबार, २९ जेठ २०८२, २२ : ३२
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • नेपाल सरकारले भारतको अहमदावादमा एयर इन्डिया विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
  • परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको र पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
  • नेपाल सरकारले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भारत र भारतीय जनताको साथमा रहेको जनाएको छ।

काठमाडौँ । भारतको अहमदावादमा एयर इन्डिया विमान दुर्घटनामा परेको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त दुःखद घटनाबाट मर्माहत भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकार, भारतीय जनता तथा पीडित परिवारप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ, जसले यस दुःखद घटनामा आफ्ना प्रियजन गुमाएका छन् ।’

सरकारले उक्त दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । साथै, यो शोकको समयमा नेपाल सरकार र जनता भारत र भारतीय जनताको साथमा रहेको उल्लेख गरिएको छ ।

एयर इन्डियाको जहाज भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको हो । यस दुर्घटनामा ठुलो जनधनको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप