भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
बिहीबार, २९ जेठ २०८२, २२ : ३२
सारांश
- नेपाल सरकारले भारतको अहमदावादमा एयर इन्डिया विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
- परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको र पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
- नेपाल सरकारले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भारत र भारतीय जनताको साथमा रहेको जनाएको छ।
काठमाडौँ । भारतको अहमदावादमा एयर इन्डिया विमान दुर्घटनामा परेको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त दुःखद घटनाबाट मर्माहत भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकार, भारतीय जनता तथा पीडित परिवारप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ, जसले यस दुःखद घटनामा आफ्ना प्रियजन गुमाएका छन् ।’
सरकारले उक्त दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । साथै, यो शोकको समयमा नेपाल सरकार र जनता भारत र भारतीय जनताको साथमा रहेको उल्लेख गरिएको छ ।
एयर इन्डियाको जहाज भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको हो । यस दुर्घटनामा ठुलो जनधनको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण