पखेटाको ‘फ्ल्याप’ ले विमान दुर्घटनामा भूमिका खेलेको हुन सक्ने विज्ञको आशङ्का
काठमाडौँ । बिहीबार अमेरिका निर्मित बोइङ ७८७–८ ड्रीमलाइनर विमान भारतको अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको छ। अहिलेसम्म दुर्घटनाको कारण खुलेको छैन ।
यसैबिच उड्डयन विज्ञहरूले विमानको टके–अफ (उडान सुरु गर्ने) समयमा उसका पखेटाका फ्ल्यापहरूको अवस्थाले दुर्घटनामा भूमिका खेलेको हुनसक्ने बताएका छन् । एक प्रमाणित भिडियोमा विमान तल झर्दै गरेको र जमिनमा ठोक्किएपछि ठुलो विस्फोट भएको देखिन्छ ।
उड्डयन विश्लेषक जेफ्री थोमस भन्छन्, ‘जब मैले त्यो भिडियो हेरेँ, अन्डरक्यारिज (ल्यान्डिङ गियर) अझै तल छ, तर फ्ल्यापहरू भने भित्र तानिएका छन् ।’
उनका अनुसार फ्ल्यापहरू पखेटासँग बिलकुलै सिधा (लाइनमा) छन्, जुन उडान सुरु भएलगत्तै यस्तो हुनु असामान्य हो। ‘सामान्यतया ल्यान्डिङ गियर १०–१५ सेकेन्डभित्र भित्रिन्छ, र फ्ल्यापहरू भने बिस्तारै १०–१५ मिनेटको अवधिमा फिर्ता तानिन्छन्,’ उनी भन्छन् ।
अर्का विज्ञ टेरी टोजर भन्छन्, ‘भिडियोबाट यकिन भन्न गाह्रो छ, तर यसमा फ्ल्यापहरू विस्तार गरिएको देखिँदैन, जुन विमानले उडान पूरा गर्न नसक्नुको स्पष्ट कारण हुनसक्छ ।’
बकिंघमशायर न्यु युनिभर्सिटीका प्राध्यापक र पूर्व पाइलट मार्को चान भन्छन्, ‘यदि फ्ल्यापहरू ठिक ढंगले सेट गरिएको थिएन भने त्यो सम्भावित मानवीय त्रुटि हुनसक्छ। तर भिडियोको रिजोल्युसन पर्याप्त छैन, त्यसैले यो पुष्टि गर्न सकिन्न ।’
यता, अहमदाबाद विमान दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न बेलायत का अधिकारीहरू भारत पठाइँदैछन्। एयर एक्सिडेन्ट्स इन्भेस्टिगेसन ब्रान्च (एएआईबी) ले भारतको एअरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोलाई ‘औपचारिक रूपमा सहयोग प्रस्ताव’ गरेको जनाएको छ ।
एएआईबीका अनुसार विमानमा बेलायती नागरिकहरू सवार भएकाले बेलायती अनुसन्धान टोलीलाई भारतीय अनुसन्धानमा विशेषज्ञको दर्जा दिइनेछ ।
यस्तै अमेरिकी अनुसन्धानकर्ता टोली पनि भारत जाँदैछ, र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले उक्त विमान दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने जनाएको छ। एक्समा गरिएको पोस्टमा एनटीएसबीले यस घटनामा अमेरिकी टोलीको नेतृत्व उसैले गर्ने जनाएको छ ।
साथै, भारत सरकारले संयुक्त राष्ट्रसंघको एक एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) का अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ‘सबै जानकारी उपलब्ध गराउने’ प्रतिबद्धता जनाएको छ।
२४२ यात्रु बोकेको बोइङ ७८७–८ ड्रीमलाइनर – एयरपोर्ट नजिकैको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भयो । विमान डाक्टरहरूको एक होस्टेलमा ठोक्किएको थियो ।
एयर इन्डियाका अनुसार विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली नागरिक सवार थिए। दुर्घटनाको भिडियो फुटेजमा विमान जमिनमा ठोक्किएको र त्यसपछि ठुलो विस्फोट भएको देखिन्छ ।
अहमदाबादका प्रहरी प्रमुखका अनुसार घटनास्थलबाट हालसम्म २०४ शवहरू निकालिएको छ, र कम्तीमा ५० जना मेडिकल विद्यार्थीहरू अस्पतालमा उपचाररत छन् ।
बोइङ कम्पनीले घटनाबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ र एयर इन्डियासँग सम्पर्कमा रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण