विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द

समाचार सारांश
- एयर इन्डियाको विमान अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै दुर्घटनाग्रस्त भयो, जसले गर्दा विमानस्थल बन्द गरिएको छ।
- विमानमा २४२ यात्रु र चालक दलका सदस्यहरू सवार थिए, जसमा विभिन्न देशका नागरिकहरु थिए।
- अधिकारीहरूले यात्रुहरूलाई उडान सम्बन्धी जानकारीको लागि एयरलाइन्समा सम्पर्क गर्न आग्रह गरेका छन् र थप जानकारी चाँडै उपलब्ध गराइने बताएका छन्।
अहमदाबाद । एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई१७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’
‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला। हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौं। थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ,’ प्रवक्ताले भनेका छन् ।
यता, एयर इन्डियाले अहमदाबादमा दुर्घटनाग्रस्त भएको आफ्नो विमानमा सवार यात्रुहरूको बारेमा जानकारी दिएको छ। २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १: ३८ बजे अहमदाबादबाट उडेको थियो।
यो विमान बोइङ ७८७–८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
प्रतिनिधिसभा बैठकको समय सर्यो
-
अदालतमा प्रसाईँको अनुनय : त्यो गाडी फिर्ता दिलाइपाऊँ
-
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
-
गृह र सामान्य प्रशासन सचिवद्वारा दरबन्दी बेगर कर्मचारी राखेको स्वीकार
-
कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’