एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भयो। जसमा २४२ यात्रु सवार थिए, जसमा पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि थिए।
विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटना भयो।
दुर्घटना विमानस्थल क्याम्पस नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै भएको थियो, जसले गर्दा धुवाँको मुस्लो देखियो।
अहमदाबाद । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।
यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।
काठमाडौँ । भारतको अहमदावादमा एयर इन्डिया विमान दुर्घटनामा परेको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त दुःखद घटनाबाट मर्माहत भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकार, भारतीय जनता तथा पीडित परिवारप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ, जसले यस दुःखद घटनामा आफ्ना प्रियजन गुमाएका छन् ।’
सरकारले उक्त दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । साथै, यो शोकको समयमा नेपाल सरकार र जनता भारत र भारतीय जनताको साथमा रहेको उल्लेख गरिएको छ ।
नयाँ दिल्ली । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ।
टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले वहन गर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने पनि बताएको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।
काठमाडौँ । बिहीबार अमेरिका निर्मित बोइङ ७८७–८ ड्रीमलाइनर विमान भारतको अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको छ। अहिलेसम्म दुर्घटनाको कारण खुलेको छैन ।
यसैबिच उड्डयन विज्ञहरूले विमानको टके–अफ (उडान सुरु गर्ने) समयमा उसका पखेटाका फ्ल्यापहरूको अवस्थाले दुर्घटनामा भूमिका खेलेको हुनसक्ने बताएका छन् । एक प्रमाणित भिडियोमा विमान तल झर्दै गरेको र जमिनमा ठोक्किएपछि ठुलो विस्फोट भएको देखिन्छ ।
उड्डयन विश्लेषक जेफ्री थोमस भन्छन्, ‘जब मैले त्यो भिडियो हेरेँ, अन्डरक्यारिज (ल्यान्डिङ गियर) अझै तल छ, तर फ्ल्यापहरू भने भित्र तानिएका छन् ।’
नयाँदिल्ली । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए।
अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।
विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका हुन्। उनको भिडियो पनि सार्वजनिक भएको छ।
काठमाडौँ । भारतको अहमदाबादस्थित विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शर्माले दुर्घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले लेखेका छन्, ’एयर इण्डियाको विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना !’
काठमाडाैँ । लण्डन जान लागेकी एक युवती १० मिनेट ढिला हुँदा एयर इन्डियाको भीषण विमान दुर्घटनाबाट संयोगले ज्यान जोगाउन सफल भएकी छन्।
रिपब्लिक टिभीको रिपोर्ट अनुसार, भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेको कारण दुर्घटनाग्रस्त भएको एआई-१७१ विमान चढ्नबाट छुटेकी थिइन्।
‘मेरो शरीर अझै काँपिरहेको छ। मेरो ज्यान जोगियो भन्ने सोच्दा पनि डर लागिरहेको छ,’ चौहानले भनिन्। उनका अनुसार उनी दिउँसो करिब १स्३० बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन्।
काठमाडाैँ। लण्डनतर्फ उडेको एयर इन्डियाको विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ। केन्द्रीय मन्त्री सीआर पाटिलले पूर्व मुख्यमन्त्रीको मृत्युको पुष्टि गरेका छन्।
रुपाणी लण्डन जाँदै गरेको एयर इन्डियाको आई१७१ फ्लाइटमा सवार २४२ जना यात्रुमध्ये एक थिए। यो विमान उडेपछि केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। उनी विमान दुर्घटनामा ज्यान गुमाउने गुजरातका दोस्रो मुख्यमन्त्री बनेका छन्।
विजय रुपाणीले सन् २०१६ को अगस्टमा आनन्दीबेन पटेलको आकस्मिक राजीनामापछि गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार सम्हालेका थिए। उनले सन् २०२१ मा पदबाट राजीनामा दिएपछि भूपेन्द्र पटेल गुजरातका १७ औँ मुख्यमन्त्री बनेका थिए।
काठमाडाैँ। बिहीबार दुर्घटनाग्रस्त एयर इन्डियाको फ्लाइटमा सवार आफन्तहरूको खोजीमा रहेका नातेदारहरू अहमदाबादको असारवा स्थित सिभिल अस्पतालमा हैरान छन्।
त्यही अस्पतालको सामान्य वार्डको एक ओछ्यानमा ४० वर्षीय विश्वास कुमार रमेश उपचाररत छन्, जसले आफू उक्त भीषण विमान दुर्घटनाबाट बाँच्न सफल भएको बताएका छन्।
‘टेकअफ भएको ३० सेकेन्डमै ठुलो आवाज आयो अनि विमान दुर्घटना भयो। सबै कुरा एक्कासी भयो,’ विश्वासले हिन्दुस्तान टाइम्सलाई बताए। उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ।
काठमाडाैँ। एयर इन्डियाको विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल खोलिएको छ । यसबारे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक एक्स खातामा दिइएको हो ।
सूचनामा भनिएको छ, ‘सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबादमा सञ्चालन पुनः सुरु भएको छ। विमानस्थलमा अब सीमित उडानहरूसँग सञ्चालनमा छ ।’
साथै, यात्रुहरूलाई आफ्नो उडानको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ ।
काठमाडाैँ । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बिहीबार २४२ यात्रु सवार एयर इण्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विमानमा रहेका भारत सहित विभिन्न देशका यात्रु तथा चालक दलका सबै कर्मचारी र भारत सरकारप्रति पीडाको क्षणमा समभाव प्रकट गरेका छन् ।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमानमा सवार २४२ जनामध्ये यात्रुहरुमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
काठमाडौँ । भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना भएको छ ।
बिहीबार भएको उक्त दुर्घटनाको नेपालले दु:ख व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड',परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ट्वीटरमार्फत दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले ट्वीटरमा लेख्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्,'भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दछु ।'
काठमाडौँ । अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको दृश्य कस्तो थियो भनेर बताएका छन् ।
एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘म घरमा बसिरहेको थिएँ, अचानक ठुलो आवाज आयो। भूकम्प आएको जस्तो महसुस भयो। चारैतिर धुवाँ थियो। मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ। जब हामी यहाँ आयौं, अनि मात्र दुर्घटनाबारे मलाई थाहा भयो। जब म यहाँ आएँ, मैले एउटा विमान दुर्घटनाग्रस्त भएको देखेँ । त्यहाँ धेरै लाशहरू छरिएका थिए।’
यसैबिच, भाजपा विधायक दर्शना वाघेलाले समाचार एजेन्सी एएनआईलाई भनिन्, ‘म यहाँ मेरो कार्यालयमा बसिरहेकी थिएँ। ठुलो विस्फोट भयो । जब म घटनास्थल गएँ, मैले विमान दुर्घटनाग्रस्त भएको देखेँ। त्यहाँ धेरै धुवाँ थियो। डाक्टरहरूको फ्ल्याटमा धेरै क्षति पुगेको छ। हामीले स्थानीय कामदारहरूको सहयोगमा त्यहाँबाट धेरै डाक्टरहरूलाई उद्धार गरेका थियौँ।’
काठमाडौँ । अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दुर्घटना भएको छ । विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन गेटविक जाँदै थियो ।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमानमा सवार २४२ जनामध्ये यात्रुहरुमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
क्रानफिल्ड विश्वविद्यालयका एयरोस्पेस तथा एभिएसन निर्देशक ग्राहम ब्रेथवेटका अनुसार अनुसार बोइङ ७८७–८ ड्रीमलाइनर सेवामा रहेका सबैभन्दा आधुनिक यात्रुबाहक विमानहरूमध्ये एक हो। ७८७ एक नयाँ मोडेल हो जसको सुरक्षा रेकर्ड बलियो मानिन्छ । यसअघि यो कुनै घातक दुर्घटनामा परेको थिएन ।
काठमाडौँ । एयर इन्डियाको विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो ।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। यो विमान बोइङ ७८७–८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
विमान सुरक्षा विशेषज्ञ मार्को च्यानका अनुसार, दुर्घटनाको समयमा मौसम ‘स्थिर र सफा’ थियो। बीबीसीसँग कुराकानी गर्दै उनले भने, ‘त्यस समयमा कुनै उल्लेखनीय बादल, आँधीबेहरी, हावा परिवर्तन वा अन्य प्रतिकूल मौसमस्थितिहरू थिएनन्, जसले दुर्घटनामा योगदान दिएको संकेत देखिँदैन ।’
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले सबैजना स्तब्ध र दुःखी भएको बताएका छन्।
उनले लेखेका छन्, ‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु।’
अहमदाबाद । एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई१७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’
‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला। हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौं। थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ,’ प्रवक्ताले भनेका छन् ।
यता, एयर इन्डियाले अहमदाबादमा दुर्घटनाग्रस्त भएको आफ्नो विमानमा सवार यात्रुहरूको बारेमा जानकारी दिएको छ। २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १: ३८ बजे अहमदाबादबाट उडेको थियो।
न्युयोर्क । प्लेन निर्माता बोइङका सेयरहरू बिहीबार अमेरिकी प्रि-मार्केट कारोबारमा घटेका छन्। भारतको पश्चिमी सहर अहमदाबाद नजिक एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि यस्तो गिरावट आएको हो।
उक्त विमानमा २०० भन्दा बढी यात्रु सवार थिए। एयर इन्डियाका अनुसार दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो। हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन।
एयर इन्डियाका अनुसार विमान बेलायतको गेटविक विमानस्थलतर्फ उडिरहेको थियो। प्रहरीका अनुसार विमान विमानस्थलनजिकैको नागरिक बस्तीमा खसेको हो। दुर्घटनापछि बोइङको सेयर मूल्य ७.८५ ले घटेर प्रि-मार्केट ट्रेडिङमा १९७.३ डलरमा झर्यो।
काठमाडौँ । लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको पश्चिमी सहर अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। एयर इन्डियाका अनुसार अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर एआई१७१ भएको विमान दुर्घटनाग्रस्त भएको हो ।
काठमाडौँ । गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ।
एयर इन्डियाका अनुसार अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर एआई१७१ दुर्घटनाग्रस्त भएको हो ।
विमान उडान भरेको ५ मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। विमानमा १६९ भारतीय यात्रु सवार थिए। यसबाहेक, ५३ जना बेलायती, १ क्यानेडियन, ७ पोर्चुगिज यात्रु थिए। त्यस्तै २ जना पाइलट र चालक दलमा १० जना सदस्य रहेको बीबीसीले जानकारी दिएको छ ।
काठमाडाैँ। एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा शोक व्यक्त गरेका छन्। उनको बयान टाटा समूहले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।
टाटा समूहले एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनलाई ट्विटरमा उद्धृत गर्दै भनेको छ , ‘धेरै दुःखका साथ म पुष्टि गर्छु कि अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर १७१ आज दुर्घटनामा परेको छ। यस भयानक दुर्घटनाबाट प्रभावित परिवार र प्रियजनहरूसँग हाम्रो गहिरो समवेदना छ।’
एन चन्द्रशेखरनले भने, ‘अहिले हाम्रो प्राथमिकता सबै प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारहरूलाई सहयोग प्रदान गर्नु हो। हामी घटनास्थलमा उपस्थित आपतकालीन प्रतिक्रिया टोलीहरूलाई मद्दत गर्न र दुर्घटनाका पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न हरसम्भव प्रयास गरिरहेका छौँ।’