शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

सिटी छाडेर नापोली पुगे डी ब्रुयना

बिहीबार, २९ जेठ २०८२, २२ : २२
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • केभिन डी ब्रुयनाले म्यानचेस्टर सिटी छाडेर इटालियन च्याम्पियन नापोलीसँग औपचारिक सम्झौता गरेका छन्।
  • बेल्जियमका मिडफिल्डरले शिकागो फायरको प्रस्ताव अस्वीकार गर्दै नापोली रोजे, जहाँ उनी पूर्व चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा खेल्नेछन्।
  • डी ब्रुयनाले सिटीमा १० वर्ष बिताए, १९ उपाधि जिते र क्लबलाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेले, जुन सिजनको अन्त्यमा उनको बिदाइको घोषणा गरिएको थियो।

म्यानचेस्टर । म्यानचेस्टर सिटीबाट प्रिमियर लिग सिजनको अन्त्यमा क्लब छाडेपछि । केविन डी ब्रुयना इटालियन च्याम्पियन नापोलीसँग औपचारिक रूपमा अनुबन्ध भएका छन्।

बेल्जियमका मिडफिल्डर डी ब्रुयना अब पूर्व चेल्सी र टोटेनहम प्रशिक्षक एन्तोनियो कोन्टेसँग खेल्नेछन्, जो हाल नापोलीको मुख्य प्रशिक्षक छन् । इटाली जाने निर्णयसँगै उनले अमेरिकी मेजर लिग सकर क्लब शिकागो फायरको प्रस्ताव अस्वीकार गरेका थिए। यस ट्रान्सफरले उनलाई आगामी सिजन च्याम्पियन्स लिग खेल्न योग्य बनाएको छ।

३३ वर्षीय डी ब्रुयनाले सन् २०१५ मा वूल्फ्सबर्गबाट सिटीमा आबद्ध भएर १० वर्ष क्लबमा बिताए ।  यस अवधिमा १९ वटा प्रमुख उपाधि जिते। उनले क्लबलाई ६ पटक प्रिमियर लिग, ५ वटा लिग कप, २ वटा एफए कप र सन् २०२३ मा पहिलोपटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेले । यसले सिटीलाई ट्रेबल जिताउने दोस्रो अंग्रेजी क्लब बनायो।

उनको सिटीबाट बिदाइ सिजनको अन्त्यअघि नै घोषणा गरिएको थियो। उनलाई मे महिनामा बोरनमाउथविरुद्ध अन्तिम घरेलु खेलपछि इतिहाद स्टेडियममा भावुक बिदाइ दिइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप