शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु

बिहीबार, २९ जेठ २०८२, २२ : १८
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • मकवानपुरमा चट्याङ लाग्दा एक बालकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।
  • कैलाश गाउँपालिकाका १४ वर्षीय बालकको घर बाहिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
  • बागमती गाउँपालिकाका एक व्यक्ति चट्याङ लागेर घाइते भएका छन् र उनको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

मकवानपुर  । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् । 

चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । 

यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन् । आफ्नै घरमा बसिरहेका अवस्थामा उनी चट्याङ लागेर घाइते भएका हुन् । उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप