शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

बिहीबार, २९ जेठ २०८२, १७ : २७
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृतक गौरीगङ्गा नगरपालिका-२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही हुन्।
  • उपेन्द्रबहादुर शाहीको घर नजिकैको खेतमा हिँडिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

कैलाली । कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप