जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक युवकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा आज बिहान एक युवकको मृत्यु भएको हो । सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेपछि धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
स्थानीयले धपाउन थालेपछि भागेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको बताइएको छ ।
हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो नपाएको र हात्तीले आक्रमण गरेको थियो ।
भारतमा मानवीय क्षति गरेपछि विराटनगर–१८ बुधनगरको भेडियारी हुँदै हात्ती बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले बिहीबार चार जनालाई मारेको बुझिएको छ ।
मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ । नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको हो ।
स्थानीयको सहयोगमा प्रहरीले धपाएपछि हात्ती कुरेलीबाट बक्राहा खोला हुँदै रतुवामाईतिर लागेको छ । भारतमा चार जनालाई मारेर नेपाल छिरेको जङ्गली हात्तीले मोरङमा पनि मान्छे मारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक डि विल्ड नियुक्त
-
संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
-
लगातार तेस्रो दिन पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार
-
माधव नेपाल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादी पार्टीले भन्यो - कानुनी लडाईं लड्छाैँ
-
राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल