राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल
बिहीबार, २२ जेठ २०८२, १५ : ३५

समाचार सारांश
- नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।
- अख्तियारले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि भुसालले यसको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताए।
- अध्यक्ष नेपालमाथि पतञ्जलि जग्गा खरिद विक्री प्रकरणमा अनियमितताको आरोप लागेको छ, जसमा १८ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन् । साथै उनले यसको कानुनी लडाइँ लड्ने पनि उनको भनाइ छ ।
बिहीबार अध्यक्ष नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
‘मुद्दाको सन्दर्भमा दुई वटा पक्ष छ । उहाँप्रति राजनीतिक पूर्वाग्रह साँधिएको छ यसको राजनीतिक रूपले प्रतिवाद गर्छौँ’, भुसालले भने, ‘अर्को कानुनी पक्ष छ । यो पक्षमा कानुनी लडाई लड्छौँ ।’
अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा खरिद विक्री प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध अख्तियारले १८ करोड भन्दा बढी विगो माग दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो