राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल
बिहीबार, २२ जेठ २०८२, १५ : ३५
सारांश
- नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।
- अख्तियारले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि भुसालले यसको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताए।
- अध्यक्ष नेपालमाथि पतञ्जलि जग्गा खरिद विक्री प्रकरणमा अनियमितताको आरोप लागेको छ, जसमा १८ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन् । साथै उनले यसको कानुनी लडाइँ लड्ने पनि उनको भनाइ छ ।
बिहीबार अध्यक्ष नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
‘मुद्दाको सन्दर्भमा दुई वटा पक्ष छ । उहाँप्रति राजनीतिक पूर्वाग्रह साँधिएको छ यसको राजनीतिक रूपले प्रतिवाद गर्छौँ’, भुसालले भने, ‘अर्को कानुनी पक्ष छ । यो पक्षमा कानुनी लडाई लड्छौँ ।’
अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा खरिद विक्री प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध अख्तियारले १८ करोड भन्दा बढी विगो माग दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण