संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन
सारांश
- प्रतिनिधिसभा बैठक खुलाउने विषयमा नेपाली कांग्रेस र रास्वपाका नेताहरूबीच छलफल भएको छ।
- रास्वपाले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग राखेको छ।
- कांग्रेसले गृहमन्त्रीमाथि आरोप नलागेको भन्दै सदन चल्न दिनुपर्ने अडान लिएको छ।
काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक खुलाउनेबारे प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच छलफल भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले र प्रमुख सचेतकबिच संसद्को अवरोध खुलाउनेबारे छलफल भएको रास्वपा उपसभापति डा.वाग्लेले जानकारी दिए ।
‘संसद् अवरोधबारे नेपाली कांग्रेसका नेताहरू र हामीबिच छलफल भएको छ । संवादहीनता तोडिएको छ । उहाँहरूले आफ्ना धारणा राख्नुभयो, हामीले हाम्रा धारणा राख्यौँ,’ डा. वाग्लेले रातोपाटीसँग भने, ‘कुनै सहमति भएको छैन । संवादहीनताको अवस्थाबाट छलफल गर्ने वातावरण आजबाट सुरु भएको छ ।’
उनले भिजिट भिसा सेटिङ प्रकरणमा रास्वपाका माग यथावत् रहेका बताए । रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।
कांग्रेसले भने गृहमन्त्रीविरुद्ध कुनै पनि आरोप नलागेकाले सदनमा बोल्न दिनुपर्ने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण