शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन

बिहीबार, २२ जेठ २०८२, १५ : ५९
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • प्रतिनिधिसभा बैठक खुलाउने विषयमा नेपाली कांग्रेस र रास्वपाका नेताहरूबीच छलफल भएको छ।
  • रास्वपाले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग राखेको छ।
  • कांग्रेसले गृहमन्त्रीमाथि आरोप नलागेको भन्दै सदन चल्न दिनुपर्ने अडान लिएको छ।

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक खुलाउनेबारे प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच छलफल भएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले र प्रमुख सचेतकबिच संसद्को अवरोध खुलाउनेबारे छलफल भएको रास्वपा उपसभापति डा‍‍.वाग्लेले जानकारी दिए । 

‘संसद् अवरोधबारे नेपाली कांग्रेसका नेताहरू र हामीबिच छलफल भएको छ । संवादहीनता तोडिएको छ । उहाँहरूले आफ्ना धारणा राख्नुभयो, हामीले हाम्रा धारणा राख्यौँ,’ डा. वाग्लेले रातोपाटीसँग भने, ‘कुनै सहमति भएको छैन । संवादहीनताको अवस्थाबाट छलफल गर्ने वातावरण आजबाट सुरु भएको छ ।’

उनले भिजिट भिसा सेटिङ प्रकरणमा रास्वपाका माग यथावत् रहेका बताए । रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । 

कांग्रेसले भने गृहमन्त्रीविरुद्ध कुनै पनि आरोप नलागेकाले सदनमा बोल्न दिनुपर्ने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप