भीम रावलको प्रश्नः प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला?
मङ्गलबार, ०८ असार २०७८, २२ : ००
एमाले नेता भीम रावलले आज सर्वोच्च अदालतको आदेशले कामचलाउ प्रधानमन्त्री केपी ओलीबाट भएको गलत कार्य खारेज भएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धति अबलम्बन गरिएकोमा त्यसलाई सर्वोच्चले खारेज गरेको उनको भनाइ छ ।
उनले यो आदेशपछि के प्रधानमन्त्रीले राजनीतिक नैतिकताको बोध गर्नुहोला भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’
उनले मन्त्रिपरिषद् विस्तार हुँदा पनि ओलीको यो कदम चरम बेथिति र मन्त्रिपरिषद् प्रतिकै अवमूल्यन भएको टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण