मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल बैंक र इन्भेष्टमेन्टको नाफा ३ अर्ब बढी

सोमबार, ३० साउन २०७४, १२ : ४०
सोमबार, ३० साउन २०७४

काठमाडौं–गत आर्थिक बर्षको बैंक तथा वित्तिय संस्थाकोे वित्तिय विवरण अहिले क्रमश सार्वजनिक भइहेको छ । ब्याज आम्दानीमा उल्लेखनिय प्रगति गरेका कारण केही बाहैक अधिकाशं वाणिज्य बैंकहरुले आफ्नो नाफा बढाएका छन् । 


गत आर्थिक बर्षमा धेरै वाणिज्य बैंकको नाफा बृद्धि भएको छ । नेपाल बैंकले पनि गत आवमा आफ्नो नाफा ११ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवमा ३ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवमा भने बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको थियो ।


बैंकले गत आवमा ५ अर्ब ८३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले ४ अर्ब ६० करोड रुपैयाँ ब्याज कमाएको थियो । नेपाल बैंकले गत आवको असार मसान्त सम्म ९३ अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 


यस्तै, निजी क्षेत्रको अर्को बैंक नेपाल इन्भेष्टमेन्टले गत आवमा ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवमा भने बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो बर्षको तुलनामा २३ प्रतिशत बढी हो । 


गत आवमा बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा ब्याज आम्दानी ३ अर्ब ९२ करोड रुपैयाँ थियो । इन्भेष्टमेन्ट बैंकले गत आवमा एक खर्व २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप