उपभोक्ताबीच लोकप्रिय बनेको राइड सेयरिङ (मोटरसाइकल र ट्याक्सी) सेवा राज्यको नियमन तथा नियन्त्रणबाहिर पुगेको छ। नयाँ प्रविधि एप्समार्फत चल्ने यो सेवा २०७४ सालदेखि सञ्चालनमा आएको हो। अहिले यस्तो सेवा दिन टुटल, पठाओलगायत आधा दर्जनभन्दा धेरै कम्पनी
हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा र हिमपातले...
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट (करिब ६ आना मात्र) जमिन मात्र प्रयोग...
प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने...
टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन्...
समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा...
भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो...
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा...
तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा...
पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए । राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न नसक्ने...
आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक...
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सरकारले हालै गरेको मापदण्ड परिवर्तनले शंका उब्जाएको छ । खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक ल्याउने गरी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले परिवर्तन गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको...
करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ । आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा...
आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ ।...
अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्। अजिज गुल नाम...
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो।...
ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास...
नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षात्ले पुर्याएको क्षतिका कारण धान...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गुणस्तरहीन मलाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोपमा...
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे...
नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ । ...
निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी कलेजले...
बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य...
भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ । सेवाप्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र भन्सार जाँचपासमा ढिलाइ भएको...
सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ। बिहीबारसम्म संघीयसहित सबै...
तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे। सन्, २०२० भित्र विद्युतीय सवारीको...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् । उनले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरे । साथै,...
चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको...
छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना...
संविधानसभाबाट आफैंले जारी गरेको संविधानविपरीत विधान बनाएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले लगाम लगाउन थालेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत विधान हुन नहुने व्यवस्थालाई बेवास्ता गर्दै आएका दललाई आयोगले सचेत...
'अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ' भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ । अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर...
चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने...
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य...
सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन...
अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पेटिकामा...
अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७७/७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले बेरुजु २५ अर्ब...
बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष अनुसन्धान गरेको...
सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत...
सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ। भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ।...