भण्डारमा १ करोड १३ लाख डोज : पुस मसान्तको लक्ष्य पूरा नहुने
सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।
बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए। ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छैन’, उनले भने।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ। मंगलबार खोप लिनेकोे संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन्।
सोमबार ५ लाख ८३ हजार ३ सय १९ जनाले खोप लगाएका थिए। विगतको तथ्यांक पनि समावेश भएकाले सोमबारको तथ्यांक धेरै देखिएको हुन सक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण