पुरानै नेतृत्व, पुरानै नीति
पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए ।
राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न नसक्ने भएपछि उनीहरूले महाधिवेशन सम्पन्न गरेका छन् । डेढ महिनाको अवधिमा नेपाली काँग्रेसदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मका पाँच दलले महाधिवेशन सम्पन्न गरे । कात्तिक अन्तिम साता नेकपा मालेबाट सुरु भएका महाधिवेशनको क्रम एमाले, काँग्रेस, राप्रपा हुँदै माओवादी केन्द्रमा आएर सकिएको हो ।
राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो । तर दलका महाधिवेशनले नीति मात्र होइन नेतृत्व पनि परिवर्तन ल्याउन सकेन । नीतिभन्दा नेतृत्व छनोटमा केन्द्रित पाँचमध्ये एउटा एउटा दल राप्रपाले मात्र पुरानो नेतृत्वलाई विस्थापित गरेको छ । अन्य चार दलले पुरानै नेतृत्वलाई पुनः अनुमोदन गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण