बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड
भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन। यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले मासिक २ हजार रुपैयाँ तिर्ने गरी १ लाख ऋण लिएर सेयर किने। उनले चार वर्ष लगाएर ऋण चुक्ता गरे।
कुलेखानी खानीखेतका विष्णुकुमार पुडासैनीले मकै बेचेर १० हजार लगानी गरे। तर, यसरी जुटेको जनताको करिब ३१ करोड रकम डुबेको छ।
निजी निर्माण कम्पनी र सरकार दुवैले आयोजनाबाट हात झिकेका छन्। जुन आयोजनामा मकवानपुरसहित ललितपुर, चितवन, धादिङलगायत जिल्लाका ३ हजार स्थानीयवासीले खसी–बाख्रा, भैंसी बेचेर १० हजारदेखि १ लाखसम्म लगानी गरेका थिए।
मकवानपुरबाट मात्र करिब १० करोड रुपैयाँ लगानी भएको सेयर सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटवालले बताए। कम्पनी घाटामा गए पनि आयोजना नबने पनि विपन्न नागरिकको पैसा फिर्ता गरिनुपर्ने उनको भनाइ छ।
नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)ले २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरेको थियो। त्यसपछि उक्त कम्पनीले जनतासँग रकम संकलन गरेको थियो। ३० वर्षभित्र सरकारलाई हस्तान्तरण गर्ने गरी संघीय सरकारले सुरुङमार्ग निर्माण अवधि सन् २०२१ सम्म थप गरेको थियो। तर, उक्त कम्पनी सरकारी निकायको सम्पर्कमा छैन। संकलित रकम भने उसले विभिन्न बहानामा खर्चिएको जनाइएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण