रेडक्रसको पुरानो समिति विघटन : भागबण्डामा नयाँ कार्यसमिति
सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीका नेपाली कांग्रेसको कोटाबाट रेडक्रसको सभापति भएका हुन् । महामन्त्री भूपतिलाल श्रेष्ठलाई तोकिएको छ ।
उनी नेकपा (एकीकृत समाजवादी)को तर्फ महामन्त्री भएका हुन्, श्रेष्ठ तेह्थुमका हुन् । कोषाध्यक्ष नेकपा माअ‍ोवादी केन्द्रको भागमा परेको छ । कृष्णगोपाल लागेजु कोषाध्यक्षमा मनोनित भएका छन् ।
उपाध्यक्ष नुवाकोटका विष्णु नेपाल र अर्घाखाँचीकी राधा नेपालीलाई बनाइएको छ । नेपाल कांग्रेस र नेपाली माओवादी कोटाबाट आएका हुन् । उप कोषाध्यक्ष भगवनी शर्मा तथा सदस्यहरुमा विनोद बस्नेत, मनोज थापा लगायत २९ सदस्यीय समिति बनाइएको छ । कार्यसमितिमा काँग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा(एस), जनता समाजवादी पार्टीलाई भागशान्तिमा बाडिएको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण