माओवादी केन्द्रको केन्द्रीय समितिमा खुला र समावेशी बराबर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ ।
बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ । पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेलले निर्वाचन आयोगको व्यवस्थाअनुसार पनि समावेशीलाई व्यवस्थापन गर्नुपर्ने भएकाले थप गृहकार्य गर्न लागिएको जानकारी दिए ।
बैठक विधान र समावेशी क्लस्टरका बारेमा छलफल गर्न बसेको र निर्वाचन आयोगको ढाँचालाई आधार मान्नुपर्ने हुन्छ भन्दै उनले थपे, “क्लस्टरको निर्णय भइसकेको छैन । ५०÷५० प्रतिशत गर्ने कुरा आएको छ तर महिला ३५, दलित १५, युवा २० र मुस्लिमलाई छुट्याइएको पाँच प्रतिशत नघट्ने गरी व्यवस्थापन हुनेछ ।”
प्रस्तावमा ५० प्रतिशत प्रतिनिधित्व खुला र ५० प्रतिशत समावेशीतर्फ छुट्याइयो भने समावेशीतर्फको ५० प्रतिशतलाई सय मानेर सबैलाई समावेश गर्नुपर्ने हुन्छ । जसले गर्दा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत घट्ने सम्भावना देखिएको छ ।
यसैबीच स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय उपलब्ध गराउने निर्णय गरेको छ । प्रतिवेदनमाथि मङ्गलबार दिनभर विभिन्न २५ वटा समूहले छलफल गरेका छन् । छलफलबाट आएको निष्कर्षलाई बुधबार १ बजे बन्दसत्रमा समूहगत रूपमै पेस गर्ने कार्यतालिका रहेको गजुरेलले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण