कार्यालय हिँडेकी किशोरी १० जनाद्वारा बलात्कृत
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जनाद्वारा बलात्कृत भएकी छिन् ।
आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कार गर्नेहरु मध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट अपहरण गरि नजिकै रहेको उखुबारीमा लगेर १० जनाको समुहले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न हुनेहरुमा १९ बर्षीय अमरनाथ भेडियार , सोही उमेरका पिन्टु राजभर, २२ बर्षीय सन्दीप यादव, सोह िउमेर समुहका शिवराज राजभर, राजु भेसहर, २५ बर्षीय मनमोन, राजभर , ३२ बर्षीय सुरेन्द्र यादव , बर्ष ३७ का भीमललवा मुसहर , ४० बर्षीय नेत्र चौधरी रहेका छन् ।
उनीहरु सबै सोही वडाका एउटै टोलवासी रहेको जनाईएको छ । पक्राउ परेका ९ जनालाई अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको छ ।
एक जना फरार रहेको पश्चिम नवलपरासीका डिएसपी बीरेन्द्र थापाले जानकारी दिए । रक्ताम्मे किशोरीलाई अस्पताल भर्ना गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य भईसकेको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण