संजय दत्तले श्रीमतीको तारिफ गर्दै भने, ‘जेलमा हुँदा मान्यताले जे गरिन् त्यसमा गर्व छ’
संजय दत्त लामो समयपछि आफ्नो प्रोडक्सन हाउस भर्जिन ट्रीको फिल्म ‘प्रस्थानम’ बाट ठूलो पर्दामा फिर्ता भइरहेका छन् । उनकी श्रीमती मान्यता दत्त फिल्मकी निर्मात्री हुन् । संजयले आफ्नी श्रीमतीको तारिफ गर्दै उनी जेलमा भएका बेला मान्यताको ध्यान काम, परिवार, बच्चा र आफूमा केन्द्रित हुने गरेको बताए ।
मलाई मान्यतामाथि गर्व छः संजय
हालै संजय र मान्यताले एक अन्तरवार्तामा नीजि जीवनबारे कुराकानी गरेका छन् । उनले भने, ‘मलाई मेरी श्रीमतीमाथि निकै गर्व छ । म जेलमा भएका बेला मान्यताले मेरो परिवार र व्यवसायलाई निकै राम्रोसँग अघि बढाइन् । उनको ध्यान सधैं घर, परिवार, बच्चा र काममा रहन्थ्यो । मेरो बुवाको मृत्यु भएपछि उनले मलाई सम्हालिन् । उनी सधैं मेरो साथमा रहिन् र हरेक कदममा मलाई साथ दिइन् ।’
यस्तै, मान्यताले भनिन्, ‘धेरैले ठान्छन् कि मेरा कारण संजयको जीवन रोकियो । तर उहाँहरुलाई के भन्न चाहन्छु भने हामीले एक–अर्काको जीवनमा आउने आँधीलाई सँगै रोक्यौं । जब संजय जेलमा थिए त्यतिबेला पनि उनी बच्चाको विषयमा चिन्तित हुन्थे ।’
मान्यता भन्छिन्, ‘सुनिल दत्त सधैं संजयको विषयमा चिन्तित हुनुहुन्थ्यो । यो अफसोसको कुरा हो कि अदालतले संजयमाथि लगाएको टाडा कानून हटाएका बेला उनी जिउँदो हुनुहुन्थेन ।’
यी दुईले आफ्ना ९ वर्षका जुम्ल्याहा सन्तान – शहरान र इकराबारे पनि कुराकानी गरे । मान्यताले उनकी छोरी इकरा निकै राम्रो आर्टिस्ट भएको बताइन् । उनले बनाएको पेन्टिङ हरेक वर्ष स्कूल म्यागजिनका लागि छनोट हुने उनले जानकारी दिइन् । मान्यताले छोरीले बनाएको पेन्टिङलाई प्रदर्शनीमा राख्ने योजना बनाएको पनि बताइन् । यस्तै शरहानको रुची खेलकुदमा बढी भएको उनले बताइन् । उनले भनिन्, ‘छोरा फुटबल, क्रिकेट र तेक्वान्दोजस्ता खेल खेल्छन् ।’
संजयले आफ्नो नयाँ प्रोजेक्टबारे पनि बताए । उनले आफू ‘किटी’ नामको एक प्रोजेक्टमा काम गरिरहेको बताए । तर त्यसमा उनी एक निर्माताको रुपमा जोडिएको पनि जानकारी दिए । यसबाहेक उनी होम प्रोडक्सन फिल्म ‘भर्जिन बाबा’ र ‘पंडित गलीका अली’ मा नायकको रुपमा देखिनेछन् । उनी ‘पनिपत, भुजः द प्राइड अफ इन्डिया, शमशेरा, पृथ्वीराज, केजीएफ २ र सडक २’ मा पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण