राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण: अध्यक्ष प्रचण्ड
चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताएका छन् । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गरे ।
आफ्ना गुरु बासमेत रहेका कुलप्रसादको सम्झना गर्दै उनले भने, ‘बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा सङ्गठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो ।’ अध्यक्ष दाहालले पञ्चायत विरोधी आन्दोलनका समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय बनाएको भन्दै त्यही घरमा पार्टीका बैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेको बताए।
पहिला किसान मोर्चाको र पछि पार्टीको सदस्यका रुपमा रहेर सबै छोराछोरीलाई राजनीतिमा परिचालन गरेको भन्दै उनले ठूलो बुबाको मृत्युवरण सहज हुनुमा जीवनभरको मिहिनेत रहेको बताए । अध्यक्ष दाहालले पार्टी र आफ्नो तर्फबाट श्रद्धाञ्जली पनि अर्पण गरे । स्व. दाहालका छोरा नारायण दाहाल नेकपा प्रदेश नं ३ का अध्यक्ष हुन् । दाहालको भरतपुर महानगरपालिका–७ मा मङ्गलबार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।
उनका चार छोरा र दुई छोरी रहेका छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण